दफा ९
परिषद्को काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएदेखि बाहेक परिषद्को अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्रशिक्षण केन्द्रद्वारा सञ्चालन गरिने प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम सम्बन्धी नीति निर्धारण गर्ने,
(ख) प्रतिष्ठानको नियम बनाउने,
(ग) प्रतिष्ठानको योजना तथा कार्यक्रमहरू स्वीकृत गर्ने,
(घ) प्रतिष्ठानको वार्षिक कार्यक्रमको प्रगति सम्बन्धी समीक्षा एवं मूल्यांकन गर्ने र वार्षिक बजेट स्वीकृत गर्ने,
(ङ) कार्यकारी निर्देशक र समितिलाई आवश्यक निर्देशन दिने,
(च) प्रतिष्ठानको लागि आवश्यक पर्ने कर्मचारीहरूको दरबन्दी सिर्जना गर्ने,
(छ) प्रतिष्ठानको लागि आवश्यक पर्ने कर्मचारीहरू नियुक्त गर्ने,
(ज) तोकिए बमोजिमका अन्य कामहरू गर्ने ।